• ट्रेण्डिङ्ग :
नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य


  • 3.1K
    SHARES
    • फाल्गुण २९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १९९ रनको लक्ष्य दिएको छ। हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले पीएनजीलाई जितका लागि १९९ रनका लक्ष्य दिएको हो। 

    images

    हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। उनले टी–ट्वेन्टी आइमा एक हजार रन पूरा गरे।

    त्यस्तै सन्दीप जोराले ५६ रनको योगदान दिए। निकै आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए। त्यस्तै विनोद भण्डारीले २७ रनको योगदान गर्दा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए।

    आरिफ शेख ४ रन बनाएर पेभिलियन फर्किदा लोकेश बमले १४ रन बनाए। गुल्शन झा १९ रन बनाएर क्रिजमा रहँदा विवेक यादव १९ रन बनाएर नटआउट रहे। 

    पीएनजीका लागि कप्तान अशद भलाले २ विकेट लिए।  

    यो खेल जित्ने टोली फाइनल प्रवेश गर्ने हुँदा दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ। नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।​

    पीएनजीले आजै पौने १२ बजे हुने अर्को खेलमा हङकङको सामना गर्ने छ।


    तेस्रो आँखा