तुलसीपुर १ चैत/नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराव ज्ञवालील अहिलेको नयाँ गठबन्धन टिक्न नसके जनताहरुसामु भद्दा मजाक हुने बताएका छन् । बिहीबार बिहान प्रेस चौतारी नेपालले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले पटक-पटक सरकार परिवर्तनका कारण देश विकास हुन नसकेको बताए ।
नेपाली काँग्रेस, माओवादी लगायत पाँच दलिय गठबन्धन अप्राकृतिक भएकाले लामो समयसम्म टिक्न नसकेको उनले बताए । प्रधानमन्त्री प्रचण्ड काँग्रेससंग गठबन्धन गरेर बस्न नसक्ने स्थिती आएपछि एमालेले त्यसको सदुपयोग गरेको उपाध्यक्ष ज्ञवालीको भनाई थियो । उनले प्रधानमन्त्री परिवर्तन भएपनि सरकारल परिवर्तन नहुँने बताए ।
साथै उनले अहिलेको गठबन्धन दुई विचारधारा मिल्ने पार्टीहरुका बीचमा भएकाले छोटो समयमा नटुट्ने बताए । उपाध्यक्ष ज्ञवालीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत ल्याउने पनि बताए ।
