• ट्रेण्डिङ्ग :
विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छः डा वाग्ले

विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छः डा वाग्ले


  • 2.4K
    SHARES
    • चैत्र १, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.6K Views

    विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छः डा वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गर्नुभएको छ ।

    images

     प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गर्दै दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने माग गर्नुभयो ।

    सांसद वाग्लेले पुनः औद्योगिककरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट दिइनुपर्नेमा जोड दिनुभयो ।


    तेस्रो आँखा