काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको थियो । तर हिजो गर्ने भनिएको बैठक पनि स्थगित भए पछि शुक्रबार (आज) का लागि बोलाइएको हो ।
बैठक बिहान ११ बजेदेखि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ । बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ ।
