• ट्रेण्डिङ्ग :
गाउँ छाडेर हिँड्ने प्रवृत्ति चुनौती : मुख्यमन्त्री पाण्डे

गाउँ छाडेर हिँड्ने प्रवृत्ति चुनौती : मुख्यमन्त्री पाण्डे


  • 2.9K
    SHARES
    • चैत्र ३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.5K Views

    गाउँ छाडेर हिँड्ने प्रवृत्ति चुनौती : मुख्यमन्त्री पाण्डे

    गण्डकी, ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिँड्ने प्रवृत्ति चुनौतीका रुपमा देखा परेको बताउनुुभएको छ । १२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा संयुक्तरुपमा आयोजित विकास साझेदारसँग गण्डकी प्रदेशको समुन्नति र लगानीसम्बन्धी अन्तक्र्रियामा उहाँले गाउँमा अत्यावश्यकीय पूर्वाधार पुगे पनि पलायन नरोकिएको बताउनुभयो ।

    images

    करोडौँ रुपैयाँ खर्चेर बाटोघाटो बने पनि त्यसलाई उत्पादनसँग जोड्न नसकिएको बताउँदै उहाँले उत्पादनलाई जोड्न सकिएमा मात्रै पूर्वाधार विकासको औचित्य पुष्टि हुने बताउनुुभयो ।

    गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटेको बताउँदै आत्मनिर्भतामा जोड दिने विषयलाई प्राथमिकतामा राखिएको बताउउनुुभयो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकतामा क्षेत्र समेटेर अघि बढ्न लागिएको बताउनुुभयो ।

    योजनाका सम्बन्धमा सरोकारवालाबीच छलफल एवं अन्तक्र्रिया गरिएको बताउँदै उहाँले आगामी हप्ता योजनाको आधारपत्र आउने बताउनुुभयो । मानव वन्यजन्तु द्वन्द्व पनि चुनौतीका रुपमा देखा परेको बताउँदै उहाँले त्यसले निर्वाहमुखी कृषिलाई समस्या पारेको बताउनुुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिले बोल्नुभएको थियो । शुक्रबारै पोखरालाई पर्यटकीय राजधानी घोषणाको पूर्वसन्ध्यामा आज साँझापोखरा महानगरपालिकाको आयोजनामा राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत वरिष्ठ सञ्चारकर्मीसँग विकास लगायतका विषयमा छलफल एवम् अन्तक्र्रिया गरिएको छ । 

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारीमा लागिएको बताउनुुभयो । महानगरको समृद्धि र विकासका लागि पूर्वाधार विकासलगायतका काम अघि बढेको उहाँले बताउनुुभयो । 

    पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटकीय राजधानी घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताउनुभयो । पोखरा पर्यटनको पर्यायवाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताउनुभयो । 

    “पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ”, महानगर प्रमुख आचार्यले भन्नुभयो । 

    आचार्यले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार गर्दै लगिने बताउनुभयो । उक्त अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पोखराको प्राकृतिक सुन्दरतालाई जोगाउँदै पूर्वाधार विकासका काम गर्न सुझाउनुुभयो । कार्यक्रममा महानगरका विकास निर्माणलगायतका विषयमा सञ्चारकर्मीले जिज्ञासा व्यक्त गर्नुुभएको पोखरा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिनुुभयो । 


    तेस्रो आँखा