• ट्रेण्डिङ्ग :
आगलागीमा परी तीन बालबालिकाको मृत्यु

आगलागीमा परी तीन बालबालिकाको मृत्यु


  • 5.8K
    SHARES
    • चैत्र ३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 9.0K Views

    आगलागीमा परी तीन बालबालिकाको मृत्यु

    भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो । 

    images

    इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । 


    तेस्रो आँखा