• ट्रेण्डिङ्ग :
मोरङमा आगलागी हुँदा करिब १ करोड ५० लाखको क्षति

मोरङमा आगलागी हुँदा करिब १ करोड ५० लाखको क्षति


  • 5.9K
    SHARES
    • चैत्र ४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 9.1K Views

    मोरङमा आगलागी हुँदा करिब १ करोड ५० लाखको क्षति

    प्रतिकात्मक तस्वीर

    images

    मोरङ । मोरङको पथरी शनिश्चरे– १ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । 

    मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । 

    आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ ।


    तेस्रो आँखा