• ट्रेण्डिङ्ग :
सिके राउतलाई मार्ने धम्की नदिएको मन्त्री यादवको भनाइ (विज्ञप्तिसहित)

सिके राउतलाई मार्ने धम्की नदिएको मन्त्री यादवको भनाइ (विज्ञप्तिसहित)


  • 4.6K
    SHARES
    • माघ १०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    सिके राउतलाई मार्ने धम्की नदिएको मन्त्री यादवको भनाइ  (विज्ञप्तिसहित)

    काठमाडौं, १० माघ । चौतर्फि बर्खास्तीको आवाज उठ्न थालेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गौरमा आफूले दिएको अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या भएको बताएकी छन्। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवले आ–आफ्नो तर्फबाट गरिएको अपव्याख्याप्रति गम्भिर ध्यानाकर्षण भएको बताएकी छन्। 

    images

    उनले विज्ञप्तिमा भनेकी छन्, ‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ।’

    yadav.png

    रौतहटको गौरमा यही ५ माघमा ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ । 

    ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु।’ मन्त्री यादवले विज्ञप्तिमा भनेकी छन्, ‘उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछ।’

    ७ चैत २०६३ मा तत्कालीन नेकपा माओवादी र  मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा २८ जना मारिएका थिए । सिके राउत नसच्चिए सोही घटना दोहो¥याउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहेको छ । 

     


    तेस्रो आँखा