बर्दिया ४ फागुन/बर्दियामा रेबिजका कारण एक किशोरीको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–४ की १९ वर्षीया ममता सिंह ठकुरीको रेबिजका कारण मृत्यु भएको हो । केही महिनाअघि किशोरीलाई कुकुरको बच्चाले टोकेको थियो।
कुकुरको सानो बच्चाले टोकेको केही हुँदैन भन्दै घरपरिवारले रेबिज विरुद्धको भ्याक्सिन लगाएका थिएनन्। रेबिजको लक्षण देखिएपछि नेपालगन्ज हुँदै उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा किशोरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनुभयो।
