• ट्रेण्डिङ्ग :
नेपाल कुस्ती सङ्घको अध्यक्षमा कुसारी निर्वाचित

नेपाल कुस्ती सङ्घको अध्यक्षमा कुसारी निर्वाचित


  • 5.4K
    SHARES
    • चैत्र ४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.4K Views

    नेपाल कुस्ती सङ्घको अध्यक्षमा कुसारी निर्वाचित

    काठमाडौँ । नेपाल कुस्ती सङ्घको अध्यक्षमा प्रकाशकुमार कुसारी निर्वाचित हुनुभएको छ ।

    images

     सङ्घको आज सम्पन्न साधारणसभा तथा अधिवेशनले कुसारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह, सूर्यन्सकुमार चौधरी, महासचिवमा खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोज कटुवाल र सुर्यनारायण साह तथा कोषाध्यक्षमा विपुल पौडेल निर्वाचित हुनुभएको छ ।

     यसैगरी, सदस्यमा ऐटनकुमार मल्ल, सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसागर पोखरेल र लक्ष्मी उराउ निर्वाचित हुनुभएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कुसारीले आफ्नो कार्यकालमा कुस्ती सङ्लाई व्यवस्थित गर्दै अगाडि बढाउने बताउनुभयो । खेलकुद क्षेत्रलाई व्यवस्थित रुपमा अगाडि बढाउनका लागि कुस्ती सङ्घ लाग्ने उहाँको भनाइ थियो ।


    तेस्रो आँखा