• ट्रेण्डिङ्ग :
दाङमा यात्रु बाहाक जीप पल्टिदा एक जनाको मृत्यु 

दाङमा यात्रु बाहाक जीप पल्टिदा एक जनाको मृत्यु 


  • 3.1K
    SHARES
    • चैत्र ५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    दाङमा यात्रु बाहाक जीप पल्टिदा एक जनाको मृत्यु 

    तुलसीपुर ५ चैत/पश्चिम दाङबाट तुलसीपुर तर्फ आउँदै गरेको यात्रु बाहाक जीप पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जित बहादुर बुढा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    images

    बुढाको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी जीप चालक बबइ गाउँपालिका १ निवासी ४७ वर्षका लोक बहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । पश्चिम दाङको गंगटेबाट तुलसीपुरका लागि छुटेको लु १ ज १४२७ नम्बरको जिप भाङाबारी नजिकै उकालोमा टायरमा ओड लगाउने क्रममा ब्याक भएर पल्टिदा ७ जना घाइते भएका थिए ।

    अन्य घाइते हुनेमा बबई गाउँपालिका–१ निवासी ५० वर्षका जोग बहादुर बुढा, १७ वर्षकी तारा सारु मगर , ३२ वर्षका संगिता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका–९ निवासी ५० वर्षकी नन्दकली थापा रहेका छन् घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


    तेस्रो आँखा