• ट्रेण्डिङ्ग :
बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान


  • 3.4K
    SHARES
    • चैत्र ८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान
    काठमाडौँ, ८ चैत/ बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ । 
     
    सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको  संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।  
     
    प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उहाँ भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उहाँलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिनुभयो । 


    तेस्रो आँखा