• ट्रेण्डिङ्ग :
दलित अधिकार रक्षा गर्ने प्रदेशप्रमुखको प्रतिबद्धता

दलित अधिकार रक्षा गर्ने प्रदेशप्रमुखको प्रतिबद्धता


  • 5.5K
    SHARES
    • चैत्र ९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.5K Views

    दलित अधिकार रक्षा गर्ने प्रदेशप्रमुखको प्रतिबद्धता

    कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उहाँले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताउनुभयो ।

    images

    समाजका सबै वर्ग मिलेर संविधान कार्यान्वयनमा जानसके मात्र दलितको अधिकार सुनिश्चितता हुने विचार व्यक्त गर्दै प्रदेशका प्रमुख मियाँले दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छुवाछुत तथा जातीय भेदभावविरुद्ध नेपालको संविधानले गरेको व्यवस्थालाई बेवास्ता गर्न हुँदैन, त्यसको पूर्ण कार्यान्वयन हुनपर्छ भन्ने मेरो मान्यता छ ।” 

    त्यस अवसरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनार, लक्ष्मी विक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले जातीय भेदभाव एवं छुवाछुत दण्डनीय भएकाले कानुनले वर्जित गरेका गतिविधि कसैले पनि गर्न नहुनेमा जोड दिनुभएको थियो । 


    तेस्रो आँखा