• ट्रेण्डिङ्ग :
आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै


  • 3.0K
    SHARES
    • चैत्र ९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    आज तीन संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । आज तीनवटा  संसदीय समितिहरूको बैठक बस्दैछ । जसमा  प्रतिनिधिसभाका दुईवटा र राष्ट्रिय सभाको एउटा समितिको बैठक बस्ने कार्यक्रम रहेको छ ।

    images

    जन अनुसार पूर्वाधार विकास समितिको बैठक आज मध्याह्न १२ बजे बस्नेछ भने  बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ। यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ। जसमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफल हुनेछ।

    राष्ट्रिय सभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको आगामी कार्ययोजना छलफल हुने कार्यसूची छ।


    तेस्रो आँखा