• ट्रेण्डिङ्ग :
दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु


  • 2.9K
    SHARES
    • चैत्र १०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.4K Views

    दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु

    दाङ, १० चैत । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । 

    images

    मृत्यु हुनेमा राप्ती गाउँपालिका—३ तल्लो मसुरियका ५५ वर्षीय दिलसरा केसी र उहाँका ४ वर्षीय नाति कृष केसी रहेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिनुभयो । हजुरआमा र नाति घरको आगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    करेन्ट लाग्दा ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते हुनुभएको छ । घाइते केसीलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । 

    राप्ती गाउँपालिका—३, तल्लो मसुरिया चोक आज शनिबार दिउँसो करिब २ बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको हो ।

    एक्कासी बिजुली तार चुँडिएर उहाँको घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।


    तेस्रो आँखा