• ट्रेण्डिङ्ग :
सुनकोसीमा बेपत्ता बालबालिका खोज्न गोताखोर परिचालन

सुनकोसीमा बेपत्ता बालबालिका खोज्न गोताखोर परिचालन


  • 2.7K
    SHARES
    • चैत्र १२, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.1K Views

    सुनकोसीमा बेपत्ता बालबालिका खोज्न गोताखोर परिचालन

    काठमाडौँ, १२ चैत । आइतबार होली खेल्ने क्रममा सुनकोसी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

    images

    आइतबार होली खेल्दै उदयपुर त्रियुगा नगरपालिका १४ ढाप्लाङ स्थित सुनकोसी नदिमा पौडी खेल्न पुगेका ३ जना बालबालिका बेपत्ता भएका थिए । हिजो साँझ अबेर सम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई  फेला पार्न नसके पछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट  गोताखोर परिचालन गरिएको हो ।

    सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नौ जना गोताखोर टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको प्रहरी सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा