• ट्रेण्डिङ्ग :
कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत


  • 3.1K
    SHARES
    • चैत्र १३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.8K Views

    कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

    काठमाडौँ, १३ चैत/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गर्नुभएको छ । उहाँले पार्टीको  विधान, २०१७(संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा रणबहादुर रावल प्रमुख रहनुभएको उक्त विभागमा आज सदस्य मनोनीत गर्नुभएको हो ।
     
    विभागमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी मनोनयन हुनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    images


    तेस्रो आँखा