• ट्रेण्डिङ्ग :
भिरबाट लडेर युवतीको मृत्यु

भिरबाट लडेर युवतीको मृत्यु


  • 3.2K
    SHARES
    • चैत्र १४, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.9K Views

    भिरबाट लडेर युवतीको मृत्यु

    दाङ, १४ चैत्र । दाङमा घाँस काट्न गएको समयमा भिरबाट लडेर युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ७ मलै निवासी रोबर बहादुर घर्तीको १८ वर्षिया छोरी करिष्मा घर्ती रहेको प्रहरीले बताएको छ । 

    images

    बुधबार विहान साढे ८ बजेको समयमा स्यानी खोला जंगलमा साथीहरुसँग घाँस काट्न गएको समयमा घर फर्किने क्रममा उनी अचानक भिरबाट लडेकी थिइन् । 

    करिब ६५ मिटर तल लडेर मृत्यु भएको शवको प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात अभिभावकलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।  


    तेस्रो आँखा