• ट्रेण्डिङ्ग :
कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु


  • 3.5K
    SHARES
    • चैत्र १६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.4K Views

    कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

    डोटी, १६ चैत । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

    images

    पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न जानुभएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते हुनुभएको थियो । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उहाँलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उहाँको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताउनुभयो । 


    तेस्रो आँखा