दाङ १६ चैत/नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङमा निर्माण गरिएको शालिकको पार्टी सभापति शेरबहादुर देउवाले अनावरण गरेका छन् ।
पार्टी सभापति देउवाले शुक्रबार एक कार्यक्रमकाबिच शालिक अनावरण गरेका हुन् । लमही नगरपालिका– ९ अमिलियामा शालिक बनाइएको निर्माण गरिएको छ । खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो । खड्का कांग्रेसमा पूर्व महामन्त्रीको जिम्मेवारीमा समेत थिए ।
