• ट्रेण्डिङ्ग :
शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक


  • 3.1K
    SHARES
    • चैत्र १७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक
    काठमाडौँ, १७ चैत/प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल भएको छ । 
     
    प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो ।
     
    प्रधानमन्त्री दाहालका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बैठकमा संसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको जानकारी दिनुभयो ।


    तेस्रो आँखा