• ट्रेण्डिङ्ग :
कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला

कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला


  • 3.4K
    SHARES
    • चैत्र १७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गर्दैनः डा कोइराला

    काठमाडौँ, १७ चैत/नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने बताउनुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १६औँ वार्षिक साधारणसभामा उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन नगर्ने स्पष्ट पार्नुभएको हो । 

    images

    नेता डा कोइरालाले राष्ट्रियसभामा समावेशी र समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली लागू गरे मात्रै कनै एक दलले बहुमत ल्याउने र मुलुकमा स्थायित्व, विकास निर्माण अघि बढ्न सक्ने धारणा राख्नुभयो । 

    नेता डा कोइरालाले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिहरुको छानबिन आयोगसम्बन्धी विधेयक, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री बनाउनुपर्ने धारणा राख्नुभयो । 

    कांग्रेस नेता अर्जुननरसिंह केसीले पछिल्लो समय देश चुनौतीको घडीमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले सहकारी र लघुवित्त रकम ठगी गर्नेलाई कारबाहीको माग गर्नुभयो । नेता केसीले नागरिकमा रहेको निराशालाई चिर्नका लागि वर्तमान सरकार र राजनीतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो । 


    तेस्रो आँखा