गैंडाकोट, चैत १७ । लमजुङ जिल्लाबाट बसाइसराइ गरि गैंडाकोट नगरभित्र रहेका लमजुङ्गेहरुको भेलाले लक्ष्मी प्रसाद सोतीको अध्यक्षतामा १९ सदस्यीय "लमजुङ गैंडाकोट सम्पर्क समाज" गठन गरेको छ ।
समाजसेवी तथा पुर्व जनप्रतिनिधि गोबिन्दराज कोइरालाको निर्वाचन मण्डल संयोजकत्वमा निर्विरोध समिति चयन भएको थियो । समितिमा उपाध्यक्ष दिपक रावत, सचीव रामकृष्ण कोइराला, कोषाध्यक्ष दुर्गा कोइराला, सह-सचीव पुष्कर भट्टराई लगायत सदस्यहरु रहेका छन । समाजको भेलामा प्रमुख अतिथी नगर उपप्रमुख शान्ति कोइरालाले गठन हुने समितिले समाजमा सद्भाव विस्तार र पुराना सांस्कृतिक परम्परा अपनत्वको विकासको लागि काम गर्नुपर्ने बताउदै शुभकामना मन्तव्य दिइन ।
नगरभेला कार्यक्रममा प्राचीनकालदेखि खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता र परम्परामा आधारित सांस्कृतिक प्रस्तुती समेत राखिएको थियोे । कार्यक्रममा दिपक रावत, लक्ष्मीप्रसाद दवाडी, माधव प्रसाद कोइराला, होमराज गौतम, मुरारी कोइराला लगायत अतिथी रहेको कार्यक्रमलाई इतराज गुरुङ र रमेश कोइरालाले संचालक गरेका थिए ।
