• ट्रेण्डिङ्ग :
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु


  • 5.5K
    SHARES
    • चैत्र १८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.5K Views

    पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
    गुल्मी, १८ चैत/गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो । 
     
    प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पे्रमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११ः३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा