• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

राष्ट्रियसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न


  • 5.1K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    राष्ट्रियसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

    काठमाडौं, १२ माघ । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ। निर्वाचनमा दुई हजार सात मत खसेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए। 

    images

    देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो। निर्वाचन सकिएलगत्तै कतिपय प्रदेशमा मत गणनासमेत सुरु भएको छ ।

    आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।

    नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा,  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा हुनुहुन्छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा सदस्य निर्वाचन

  • तेस्रो आँखा