• ट्रेण्डिङ्ग :
नेपालगञ्जमा युवकको शव फेला

नेपालगञ्जमा युवकको शव फेला


  • 3.4K
    SHARES
    • चैत्र १८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    नेपालगञ्जमा युवकको शव फेला

    नेपालगञ्ज, १८ चैत । बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो । 

    images

     जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।” उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । 

     

     अस्पतालमा आगलागी 

     यसैबीच बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज आगलागी भएको छ । विद्युत् ‘सर्ट’ भएर अस्पतालको सिटी स्क्यान कक्षमा आगलागी प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो । दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा