• ट्रेण्डिङ्ग :
कैदी मृत्यु प्रकरण : कारगारलाई यातनामुक्त बनाउन माग

कैदी मृत्यु प्रकरण : कारगारलाई यातनामुक्त बनाउन माग


  • 2.9K
    SHARES
    • चैत्र १८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    कैदी मृत्यु प्रकरण : कारगारलाई यातनामुक्त बनाउन माग

    इनरुवा (सुनसरी), १८ चैत : सुनसरीको झुम्का कारागारभित्र एक कैदीको मृत्यु भएपछि अन्य कैदीले कारगारलाई यातनामुक्त बनाउनुपर्ने माग गरेका छन् ।

    images

     शनिबार बिहान कतव्र्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिका घर भई इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय न्यायाधीश राई करागारभित्र मृत भेटिएका थिए । सो घटनापछि अन्य कैदीबन्दीले कारागारलाई यातनामुक्त बनाउनुपर्ने आवाज उठाएका हुन् । राईका आफन्तजनले भने उनको करागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन् । 

     कारागारका जेलर ध्रुव्र कोइरालाले भने राईको जिल्ला अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । श्वासप्रश्वासमा समस्या रहेकाले राईलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको उहाँको भनाइ छ ।

     मृतक राईका दाजु सुभाष राईले भने भाइको कारगारभित्रै हत्या गरिएको आरोप लगाउँदै सो घटनाको छानबिन गर्न माग गर्नुभएको छ । मृतक राईको शरीरभरि नीलडाम रहेका, कान सुन्निएको र चोट देखिएकाले कुटपिटबाट हत्या गरिएको उनकी भाउजू उर्मिला राईको भनाइ छ । 

     जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले भने राईको अस्पताल पु¥याउनुअघि नै मृत्यु भइसकेको बताउनुभयो । आवश्यक छानबिनसहित शव परीक्षणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा निवेदन दिँदा पनि सुनसरी प्रशासनले निवेदन दर्ता गर्न नमानेको बराहक्षेत्र–१० का वडाअध्यक्ष तेज गुरुङले बताउनुभयो । 


    तेस्रो आँखा