• ट्रेण्डिङ्ग :
संसदीय सुनुवाइ समितिद्धारा महालेखा परीक्षकमा सिफारिस रायविरुद्ध उजुरी आव्हान

संसदीय सुनुवाइ समितिद्धारा महालेखा परीक्षकमा सिफारिस रायविरुद्ध उजुरी आव्हान


  • 2.9K
    SHARES
    • चैत्र २०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    संसदीय सुनुवाइ समितिद्धारा महालेखा परीक्षकमा सिफारिस रायविरुद्ध उजुरी आव्हान

    काठमाण्डौ २० चैत/महालेखा परीक्षकमा सिफारिस तोयम रायविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी तथा सूचना माग गरेको छ । रायको नियुक्ती उपयुक्त छैन भन्ने लागेमा सबुत प्रमाणसहित मंगलबारदेखि १० दिनभित्र समितिको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी तथा सूचना दिन सकिनेछ ।

    images

    सूचना दिनेले आफ्नो नाम, थर, ठेगाना, सम्पर्कमाध्यम खुलाउनुपर्नेछ । तर सूचना दिनेले चाहेमा नाम गोप्य राखिने संसदीय सुनुवाई समितिले निकालेको सूचनामा उल्लेख छ । हिजो बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

    संवैधानिक परिषद्को आइतबार बसेको बैठकले तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायलाई महालेखापरीक्षकमा नियुक्त गर्न सिफारिस गरेको थियो । 


    तेस्रो आँखा