• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा– सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री सुडी

प्रतिनिधिसभा– सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री सुडी


  • 2.8K
    SHARES
    • चैत्र २०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    प्रतिनिधिसभा– सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री सुडी

    काठमाडौँ, २० चैत/वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सवारी साधनबाट उत्सर्जन हुने धुँवाको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बताउनुभएको छ ।

    images

    प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको जनाउनुभयो ।

    सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उहाँले सो क्रममा यातायात विभाग, प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर काठमाडौँ उपत्यकालगायतका सहरमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सकारले पूरा ध्यान दिएको स्पष्ट गर्नुभयो ।

    सांसद निशा डाँगीको जलवायु परिवर्तनको असरसम्बन्धी प्रश्नमा मन्त्री सुडीले जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरु गरिरहेको जानकारी दिनुभयो ।


    तेस्रो आँखा