• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेस तुलसीपुर नगरको दोस्रो नगरसभा चैत २६ गते

नेपाली कांग्रेस तुलसीपुर नगरको दोस्रो नगरसभा चैत २६ गते


  • 4.0K
    SHARES
    • चैत्र २०, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.2K Views

    नेपाली कांग्रेस तुलसीपुर नगरको दोस्रो नगरसभा चैत २६ गते

    तुलसीपुर २० चैत/ नेपाली कांग्रेस तुलसीपुर नगरको दोस्रो नगरसभा चैतको अन्तिम हुने भएको छ । कार्यबाहक नगर सभापति बिनिल केसीको अध्यक्षतामा मंगलबार तुलसीपुरमा बसेको नगर कार्यसम्पादनको बैठकले सो निर्णय गरेको नगर सचिब बिमल पौडेलले जानकारि दिएका छन ।

    images

    समुदायमा कांग्रेस अभियान भन्ने मुख्य अभियान सुरु गरेको काग्रेसले अहिले जिल्लाभर वडा स्तरसम्म त्यहि अभियानसाई निरन्तरता दिएको दाङ काग्रेसले जनाएको छ । चैत २६ गते आफ्नै सभाहल बिपि बाचनालयमा बिहान एघार बजेदेखि सुरु हुने दोस्रो नगरसभाको उदघाटन केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री दिपक गिरिले गर्ने कार्यक्रम तय गरिएको छ ।

    यस अघि सबै वडाहरुले वडा भेला तथा सम्मेलन गरि सक्न समेत नगरले परिपत्र गरिसकेको सचिव पौडेलले बताए ।  प्रदेश,क्षेत्र,नगर र वडा वडामा काग्रेसले पछिल्लो समय अभियानहरु तिब्र गतिमा संचालन गर्दै आएको छ ।


    तेस्रो आँखा