काठमाडौं । आज नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाउन आज काँग्रेसको बैठक बस्ने तयारी भइरहेको हो ।
हिजो बसेको बैठकले उम्मेदवारको टुंगो लगाउन सकेको थिएन । कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने छ । कार्यसम्पादन समितिले उम्मेदवारको टुंगो लगाएपछि आजै दिउँसो ४ बजे अनुमोदनका लागि संसदिय बोर्डको बैठक बस्ने तय भएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । उम्मेदवार बनाउने विषयमा कांग्रेसमा विवाद छ ।
सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावमा शेखर कोइराला –गगन थापा पक्षले असहमति जनाएपछि हिजो बैठक विना निश्कर्ष सकिएको थियो।
इलाम २ का लागि ७ र बझाङ १ का लागि १० जनाको नाम सिफारिस भएको छ।
