• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते


  • 2.1K
    SHARES
    • चैत्र २१, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.2K Views

    राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

    काठमाडौँ, २१ चैत । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।  उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि सो पद खाली रहँदै आएको थियो ।

    images

    उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो  ।  

    राष्ट्रियसभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।


    तेस्रो आँखा