• ट्रेण्डिङ्ग :
नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु

नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु


  • 2.7K
    SHARES
    • चैत्र २१, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.2K Views

    नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु

    बाँके, २१ चैत । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताउनुभयो । 

    images

    उहाँका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।  


    तेस्रो आँखा