• ट्रेण्डिङ्ग :
विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण

विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण


  • 2.7K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    विपन्न परिवारलाई ‘सोलार प्यानल’ वितरण

    ताप्लेजुङ २२ चैत/जिल्लाको मैवाखोला गाउँपालिकाले पालिकाका विपन्न परिवारलाई सोलार प्यानल वितरण गरेको छ । गाउँपालिको ६ नम्बर वडाका विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । 

    images

    गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती साम्ताङ्क गाउँका २२ परिवारलाई सोलार प्यानल प्रदान गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश बनेमले बताउनुभयो । उहाँका अनुसार सोही गाउँका अन्य परिवारलाई सोलार प्यानल प्रदान गर्ने पालिकाको योजना छ । 

    चालु आर्थिक वर्षमा गाउँपालिकाले रु दश लाख  बजेट विनियोजन गरेर नवीकरणीय ऊर्जा प्रवद्र्धन कार्यक्रममार्फत सोलार प्यानल प्रदान गरेको अध्यक्ष बनेमले बताउनुभयो । अघिल्लो वर्ष सोही  गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।


    तेस्रो आँखा