• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पदबाट राजीनामा दिने 

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पदबाट राजीनामा दिने 


  • 2.7K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पदबाट राजीनामा दिने 

    देउखुरी २२ चैत/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत नलिई पदबाट राजीनामा दिन लागेको बताईएको छ ।

    images

    मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ । सोही बैठकमा विश्वासको प्रस्ताव नराखी सम्बोधन गरेर मात्रै मुख्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि  ४४ सांसदको समर्थन चाहिन्छ।

    यहाँ कांग्रेसको २७ सांसद छन् । कांग्रेसले अन्य दलहरूसँग संवाद गरेको भएपनि विश्वास पाउनका लागि आवश्यक सांसद संख्या अपुग हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन्।

    यहाँ एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३र३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र एक स्वतन्त्र सांसद छन्।

     


    तेस्रो आँखा