• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक


  • 5.7K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 8.8K Views

    निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक

    काठमाडौँ, २२ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आज सार्वजनिक गरिएको हो । 

    images

     आयोगले आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख ८६ हजार दुई सय २६ महिला, ९२ लाख दुई हजार पाँच सय ६९ पुरुष, अन्य एक सय ८८ गरी कूल एक करोड ८० लाख ८८ हजार नौ सय ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको छ ।

     आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी मोरङमा तीन लाख ६२ हजार नौ सय ७३ पुरुष र तीन लाख ७६ हजार चार सय ११ र अन्य ६ गरी जम्मा सात लाख ३९ हजार तीन सय ९० मतदाता तथा सबैभन्दा कम मनाङमा तीन हजार पाँच सय ३० महिला र तीन हजार तीन सय १९ गरी जम्मा ६ हजार आठ सय ४९ मतदाता रहेका छन् । गत वैशाख १० गते भएको निर्वाचनभन्दा यस पटक ८७ हजार चार सय १७ मतदाता थप भएका छन् ।

     आशन्न उपननिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा क्रमशः चार सय २२ मतदाता थप भई एक लाख १५ हजार आठ सय ८९ मतदाता तथा बझाङ जिल्ला क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन ‘क’ मा ६ सय ३८ मतदाता थप भई ६१ हजार सात सय ४८ मतदाता कायम भएका छन् ।


    तेस्रो आँखा