• ट्रेण्डिङ्ग :
बालविवाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न

बालविवाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न


  • 9.0K
    SHARES
    • चैत्र २३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 13.8K Views

    बालविवाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न

    शान्तिनगर, २३ चैत । शान्तिनगर गाउँपालिका वडा नं. न ३ मा बालविवाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धी २ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

    images

    सहायता केन्द्र नेपालको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यलय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा चैत्र २२ र २३ गते भएको कार्यक्रममा महिला र बालबालिका सहित ४० भन्दा धेरैको सहभागिता रहेको थियो।

    सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बिकको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी भण्डारीको प्रमुख आतिथ्य र वडा अध्यक्ष निम बहादुर केसीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षकहरु बिमल केसी, निर्मल नेपाली, पुजा बिक र रुमा कुमालले प्रशिक्षण दिनु भएको थियो ।

    सहायता केन्द्र नेपालकी उपाध्यक्ष अस्मिता नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुना बिकले गर्नु भएको थियो ।


    तेस्रो आँखा