अञ्जना चौधरी,तुलसीपुर, २३ चैत/ उच्च अदालत तुलसीपुरले पाँच वर्षमा अदालतबाट गरिएको कामको तथ्यांक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पाँच वर्षको अवधिमा अदालतमा दर्ता भएका मुद्धा र फछ्र्यौट भएका र फछ्र्यौट हुन बाँकी रहेका मुद्धाहरुको तथ्याँक सार्वजनिक गरिएको हो ।
गत आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८०/८१ चैत २३ गतेसम्मको तथ्याँक अनुसार उच्च अदालत तुलसीपुरमा वर्षेनी मुद्धाको संख्या बढ्दै गएको पाईएको छ । अदालतमा चालु आर्थिक २०८०/८१ को चैत २३ गतेसम्म ६ सय ५७ मुद्धा दर्ता भएका छन् भने गत वर्षको जिम्मेवारी सरी आएका ५ सय १९ र नयाँ दर्ता भएका गरी १ हजार १ सय ७६ वटा मुद्धामध्ये ५ सय ७० फछ्र्यौट भएका छन् भने ६ सय ६ वटा फछ्र्यौट गर्न बाँकी रहेको उच्च अदालत तुलसीपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । रजिस्ट्रार अधिकारीका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा जिम्मेवारी सरेको १९५ र नयाँ दर्ता भएको ३८७ गरी ५८२ मुद्धामा ४०८ मुद्धा फछ्र्याैट भएका छन् भने १७६ मुद्धा फछ्र्यौट हुन बाँकी थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा सरी आएको १७४, नयाँ दर्ता भएको ६०९ गरी ७८३ मुद्धामा ५२० वटा मुद्धा फछ्र्यौट भएका छन भने २६३ मुद्धा फछ्र्यौट हुन बाँकी थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सरी आएको २६३, नयाँ दर्ता भएको ७३० मुद्धा गरि ९९३ मुद्धामा ६०४ फछ्र्यौट भएका थिए भने ३८९ मुद्धा फछ्र्यौट हुन बाँकी रहेको रजिस्ट्रार अधिकारीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा गरी आएको ३८९ मुद्धा, नयाँ दर्ता भएको ६६३ गरी १०५२ मुद्धा मध्ये ५३३ फछ्र्यौट भएको थियो भने ५१९ मुद्धा फछ्र्यौ हुन बाँकी रहेको थियो ।
अदालतमा २ वर्ष नाघेको ८ वटा मुद्धा रहेका छन् । २०८१ असार मसान्तसम्म दुई वर्ष अवधि नाघ्ने मुद्धाको संख्या शुन्यमा पुर्याउने लक्ष्य रहेको उच्च अदालत तुलसीपुरमा मुख्य न्यायधिश नित्यानन्द पाण्डेयले जानकारी दिए । उनले समयमा म्याद तामेल नहुँनु,औपचारिक प्रकियामा बिलम्ब हुनु र केही डिएनए रिर्पोट ढिलो आउँदा पनि मुद्धा फछ्र्यौट ढिलो हुने गरेको बताए । त्यसका साथै अदालतमा मुद्धाको संख्या बढ्दै जाँदा न्यायधिश, कर्मचारीको संख्या भने नबढ्ने भएकाले पनि यस्तो समस्या हुने गरेको बताए । साथै मुख्य न्यायधिश पोण्डेयले प्रभावकारी सेवाका लागि उच्च अदालतले अनलाईन तारेख, अनलाइन बहस पद्धती सञ्चालन गरेपनि प्रविधिको प्रयोग सञ्चालन गर्न कठिनाई भएको बताए ।
