• ट्रेण्डिङ्ग :
एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान


  • 2.8K
    SHARES
    • चैत्र २४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

    काठमाडौँ, २४ चैत/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । 

    images

    आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । 

    बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न आज केन्द्रीय कार्यालयमा बैठक बस्न लागिएको कार्यालयका सचिव डा अधिकारी जानकारी दिनुभयो । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ । 

    परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ । 


    तेस्रो आँखा