• ट्रेण्डिङ्ग :
मेटल उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु

मेटल उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु


  • 2.9K
    SHARES
    • चैत्र २४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.5K Views

    मेटल उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु

    काठमाडौँ, २४ चैत/ ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    images

    उहाँका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो । आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशङ्का गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ । 

    क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएका जानकारी दिनुभयो । 


    तेस्रो आँखा