• ट्रेण्डिङ्ग :
एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित


  • 2.9K
    SHARES
    • चैत्र २५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

    बारा, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित हुनुभएको छ । उहाँले तीन सय ७७ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताउनुभयो । उहाँका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गर्नुभएको थियो । 

    images

    यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिनुभयो । 


    तेस्रो आँखा