• ट्रेण्डिङ्ग :
उपनिर्वाचन
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने


  • 3.0K
    SHARES
    • चैत्र २५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.6K Views

    आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

    काठमाडौँ । उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।

    images

    त्यसअघि शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।२६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।


    तेस्रो आँखा