• ट्रेण्डिङ्ग :
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर


  • 3.4K
    SHARES
    • चैत्र २५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ,२५ चैत/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images

    आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ । आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ । 

    आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।


    तेस्रो आँखा