• ट्रेण्डिङ्ग :
एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेशमा समर्थन फिर्ता

एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेशमा समर्थन फिर्ता


  • 3.0K
    SHARES
    • चैत्र २६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेशमा समर्थन फिर्ता

    मोरङ, २६ चैत : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र आज संयुक्तरुपमा बुझाएका छन् ।

    images

     प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरु बुझाउनुभएको हो । 

     प्रदेश प्रमुख खापुङलाई उहाँहरुले एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चार पत्र बुझाउनुभयो । 

     प्रदेश प्रमुख खापुङले पत्र बुझ्दै आवश्यक कानुन सरसल्लाहबाट चाँडै संसद्को विशेष अधिवेशन आह्वान गर्ने बताउनुभयो ।


    तेस्रो आँखा