• ट्रेण्डिङ्ग :
गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक

गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक


  • 2.7K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक

    गण्डकी, २७ चैत । शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ थान पुस्तक बिक्री भइसकेको छन् । 

    images

    हिमालपारिका जिल्ला मुस्ताङ, मनाङसहित सबै जिल्लामा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक पु¥याइएको केन्द्रका निमित्त प्रमुख शिवविलास पौडेलले जानकारी दिनुभयो । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री हुँदै आएको उहाँले बताउनुभयो । 

    “माग भएजति पाठ्यपुस्तक पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक पर्याप्त छन्”, निमित्त प्रमुख पौडेलले भन्नुभयो, “यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका सबै जिल्लामा पुस्तक ढुवानी भएको छ ।”


    तेस्रो आँखा