• ट्रेण्डिङ्ग :
कांग्रेस सम्मेलनको उद्घाटन गर्न शेखर कोइराला दाङ आउँदै

कांग्रेस सम्मेलनको उद्घाटन गर्न शेखर कोइराला दाङ आउँदै


  • 3.5K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.4K Views

    कांग्रेस सम्मेलनको उद्घाटन गर्न शेखर कोइराला दाङ आउँदै

    दाङ २७ चैत/नेपाली कांग्रेस केन्द्रीय सदस्य एंव माननीय डा। शेखर कोइराला दाङ आउनुहुने भएको छ । नेपाली कांग्रेस दाङ जिल्लाको दोस्रो सम्मेलनमा सहभागी हुनका लागि नेता कोइराला  दाङ आउन लाग्नुभएको हो ।

    images

    यही चैत २९ गते हुने सम्मेलनलाई सम्बोधन गर्नकालागी नेता कोइराला  दाङ आउन लागेको नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

    साथै उहाँले चैत २९ गते शनिवार घोराहीमा हुने सम्मेलनमा सहभागी हुनकालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, कृयाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

     नेपाली कांग्रेस दाङ जिल्लाको दोस्रो सम्मेलनमाको  अवसरमा चैत्र २८ गते अर्थात् भोलि पार्टी कार्यालयमा हुने रक्तदान कार्यक्रममा सहभागी हुन समेत अनुरोध गर्नु भएको छ ।


    तेस्रो आँखा