• ट्रेण्डिङ्ग :
झुण्डिएको अवस्थामा दिदीबहिनी मृत फेला

झुण्डिएको अवस्थामा दिदीबहिनी मृत फेला


  • 4.3K
    SHARES
    • चैत्र २७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.6K Views

    झुण्डिएको अवस्थामा दिदीबहिनी मृत फेला

    सुदूरपश्चिम, २७ चैत/कैलालीको मध्यक्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् ।

    images

    स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया छोरी इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताउनुभयो ।
     
    “प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थल पुग्नुभएका प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ ।” 


    तेस्रो आँखा