• ट्रेण्डिङ्ग :
देउवा, दाहाल र नेपालबीच भेटवार्ता

देउवा, दाहाल र नेपालबीच भेटवार्ता


  • 5.1K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    देउवा, दाहाल र नेपालबीच भेटवार्ता

    काठमाडौं, १४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेतात्रयबीच भेटवार्ता भएको छ।

    images

    प्रधानमन्त्री देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

    पछिल्लो समय सत्तारुढ गठबन्धनमा स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषय अन्यौलमा छ। आजको भेटमा स्थानीय तहको निर्वाचनका विषयमा पनि छलफल भएको बताइएको छ ।


    तेस्रो आँखा