• ट्रेण्डिङ्ग :
मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण


  • 3.0K
    SHARES
    • चैत्र २८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

    कर्णाली, २८ चैतः कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गनुभएको हो । 

    images

    प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । उहाँ नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गर्नुभएको छ ।


    तेस्रो आँखा