• ट्रेण्डिङ्ग :
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान


  • 3.2K
    SHARES
    • चैत्र २८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.9K Views

    उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान
    काठमाडौँ, २८ चैत/ निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ ।
     
    इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिनुभएको छ । बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो ।
     
    बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकामा नेपाली जनतादलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिनुभएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न  प्रदान गरिएको आयोगले जनाएको छ ।


    तेस्रो आँखा